कञ्चनपुरमा धारिलो हतियार प्रहारबाट एक किशोरको मृत्यु
मङ्गलबार, ०८ वैशाख २०८३, ०८ : १९
सारांश
- कञ्चनपुरको पुर्नवास नगरपालिका-५ मा गएराति १८ वर्षीय उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
- अज्ञात व्यक्तिले छातीमा प्रहार गरेपछि गम्भीर घाइते भएका सायरको उपचारका क्रममा धनगढीस्थित अस्पतालमा मृत्यु भएको छ।
- घटनापछि फरार रहेका आक्रमणकारीको खोजी कार्य जारी रहेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
धनगढी । कञ्चनपुरको पुर्नवासमा गएराति एक १८ वर्षीय किशोरको हत्या भएको छ। पुर्नवास नगरपालिका–५, भानुबस्ती बस्ने उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
गएराति करिब १ः३६ बजेको समयमा एक अज्ञात व्यक्तिले उज्जलको छातीमा हतियार प्रहार गरेका थिए। आक्रमणपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार आक्रमण गर्ने व्यक्तिको अझै पहिचान हुन सकेको छैन र उनी फरार छन्। प्रहरीले अहिले आक्रमणकारीको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण