सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

को हुन् एप्पलका नयाँ सीईओ जोन टर्नस ?

मङ्गलबार, ०८ वैशाख २०८३, १० : ४४
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • अमेरिकी प्रविधि कम्पनी एप्पलले जोन टर्नसलाई आफ्नो नयाँ सीईओ नियुक्त गरेको छ।
  • टर्नसले आगामी सेप्टेम्बर १ देखि टिम कूकको स्थानमा सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले जोन टर्नसलाई आफ्नो नयाँ सीईओ नियुक्त गरेको छ । सोमबार टर्नसलाई नियुक्त गरिएको हो । उनले वर्तमान सीईओ टिम कूकलाई प्रतिस्थापन गर्नेछन् । कृत्रिम बौद्धिकता (एआई)बाट प्रेरित तीव्र प्रतिस्पर्धाको समयमा कम्पनीले नेतृत्व परिवर्तन गरेको हो । 

टर्नस सन २००१ मा एप्पलको प्रोडक्ट डिजाइन टोलीमा सामेल भएका थिए । उनले २०१३ मा हार्डवेयर इन्जिनियरिङका उपाध्यक्षको जिम्मेवारी पाए । सन २०२१ मा उनी कम्पनीको कार्यकारी टोलीमा प्रवेश गर्दै सिनियर भाइस प्रेसिडेन्ट अफ हार्डवेयर इन्जिनियरिङ बने ।

टर्नसले एप्पलका प्रमुख उत्पादनहरू आईफोन, आईप्याड, म्याक, एप्पल वाच र एयरपडको विकासको नेतृत्व गरेका छन् । विशेषगरी म्याक कम्प्युटरको बिक्री र बजार हिस्सा बढाउन उनको महत्वपूर्ण योगदान मानिन्छ । उनले पछिल्लो समय “आइफोन एयर” जस्ता नयाँ डिजाइनहरू सार्वजनिक गर्दै २०१७ पछि आइफोनमा सबैभन्दा ठूलो परिवर्तनमा भूमिका खेलेका छन् ।

टर्नसले आगामी सेप्टेम्बर १ देखि सीईओ पद सम्हाल्नेछन् । टिम कूक भने कार्यकारी अध्यक्ष बन्नेछन् । टर्नस सोही दिनदेखि एप्पलको बोर्डमा पनि सामेल हुनेछन् । एप्पलमा आउनुअघि टर्नसले भर्चुअल रिसर्च सिष्टम्समा मेकानिकल इन्जिनियरको रूपमा काम गरेका थिए । उनले पेन्सिलभेनिया विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन् । यो नेतृत्व परिवर्तनले एप्पललाई नयाँ युगतर्फ लैजाने अपेक्षा गरिएको छ, जहाँ एआई प्रविधिको प्रभाव बढ्दो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप