‘जिरो डिग्री’ को छायाङ्कन सम्पन्न
सारांश
- मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी विधाको चलचित्र 'जिरो डिग्री' को छायाङ्कन ३७ दिनमा सम्पन्न भएको छ।
- पोखराका विभिन्न स्थानमा खिचिएको यस चलचित्रको कथा एक विकट गाउँमा शव सुरक्षित राख्न 'डिप फ्रिज' लैजाँदा आइपर्ने परिस्थितिमा आधारित छ।
- निर्देशक आकाश बरालका अनुसार यस चलचित्रलाई बडादसैँ अगावै प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
काठमाडौँ । डार्क कमेडी विधाको चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सम्पन्न भएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको ३७ दिनको नियमित तालिकापछि छायाङ्कन सकिएको हो ।
चलचित्रको सम्पूर्ण छायाङ्कन पोखरा आसपासका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ । छायाङ्कनका क्रममा निर्माण टोलीले मौसमको ठुलो चुनौती सामना गर्नु परेको थियो ।
हरेक दिनजसो पानी परिरहे पनि सुटिङलाई निरन्तरता दिइएको थियो भने अन्तिम समयतिर लगातार ३० घण्टासम्म पनि छायाङ्कन गरिएको थियो । यस्तो कठिन परिस्थितिमा पनि सेटको माहोल निकै रमाइलो र ऊर्जावान् रहेको निर्देशक आकाश बरालले बताएका छन् ।

सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक अवतारमा देख्न पाउनेछन् । सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्कुन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा चलचित्रको कथा बुनिएको छ ।
चलचित्रमा विजय बराल, प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाईली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको अभिनय छ । मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशान पौडेलले खिचेका हुन् ।
चलचित्रलाई काठमाडौँ उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन् । निर्देशक बरालका अनुसार चलचित्र यस वर्षको बडादसैँ अगावै प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण