विवादास्पद बुँदालाई लिएर मस्यौदा समितिमै असन्तुष्टि, प्रदेश र स्थानीय तहमा कानुन नै बनाएर मोबाइल सेट
सारांश
- प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि समितिभित्रै तीव्र असन्तुष्टि देखिएको छ।
- गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन भएको छ।
- कीर्तिपुरमा भएको अन्डर लाइट्स टी-२० आई सिरिजको खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. नियमावलीको विवादास्पद बुँदालाई लिएर मस्यौदा समितिमै असन्तुष्टि
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ नियमावलीको मस्यौदा विवादमा तानिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले मंगलबार तयार पारेको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएसँगै यसभित्रका केही बुँदाहरूलाई लिएर समितिभित्रै असन्तुष्टि देखिएको हो ।
२. सुधनको ‘धन’
राजनीतिमा प्रवेश गरेको दुई महिनामै गृहमन्त्री सुधन गुरुङ यतिबेला गम्भीर नैतिक र कानुनी प्रश्नले घेरिएका छन् ।
३. कांग्रेसको चुनावी समीक्षा अवरूद्ध
नेपाली कांग्रेसले चैत २३ गतेदेखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशका विभिन्न सहरमा चुनावी समीक्षा गर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन प्रभावित बनेको छ।
४.गृहमन्त्रीविरूद्ध सिंहदरबारभित्रै प्रदर्शन
गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबार भित्रै प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
५. सरकारको ‘हचुवा’ निर्देशन
साथसाथै मन्त्रालयले नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन तथा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क सङ्कलन नगर्ने व्यवस्था मिलाउन निर्देशन थियो।
६. मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर प्रश्न उठेको छ।
७. अदालत
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिट रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।
८. नयाँ बजेटको तयारी
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ।
९. रातो मच्छिन्द्रनाथ जात्रा
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परागत जात्रा आज मंगलबारदेखि सुरु भएको छ।
१०. खेलकुद
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको ‘अन्डर लाइट्स टी–२० आई सिरिज’ अन्तर्गतको दोस्रो खेलमा यूएईलाई नेपालले ८ विकटले पराजित गरेको छ ।
११. महाअभियोग प्रस्ताव दर्ता भएमा अब ५ महिनाभित्रै टुङ्गो लगाउनुपर्ने
संवैधानिक आयोगका पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीशहरूविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएमा अब ५ महिनाभित्र टुङ्गो लगाउनुपर्ने भएको छ।
१२. प्रदेश र स्थानीय तहमा कानुन नै बनाएर मोबाइल सेट र मासिक सञ्चार खर्च
संघीय सरकारमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई करिब २ लाख पर्ने आइफोन बाँडेको भन्ने समाचारले केही दिन अगाडि ठुलै तरंग ल्यायो ।
सरकार सञ्चालन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उक्त समाचारमा सत्यता नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तान केन्द्रबिन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प, कश्मीरदेखि दिल्लीसम्म धक्का
-
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
-
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार
-
त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
-
सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण