गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त र पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टले पठायो प्रहरीमा निवेदन
सारांश
- जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ ।
- मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र प्रमाण नष्ट हुन सक्ने भएकाले उनलाई हिरासतमा राखेर छानबिन गर्न माग गरिएको छ ।
- मुभमेन्टले मन्त्री गुरुङमाथि आन्दोलनलाई हिंसात्मक बनाएको र पद प्राप्तिका लागि बिचौलियासँग साँठगाँठ गरेको जस्ता गम्भीर आरोपहरू लगाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ ।
मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उक्त औपचारिक अनलाइनमाध्यममार्फत पठाइएको रातोपाटीलाई बताए ।
निवेदनमा गृहमन्त्री गुरुङ पदमा बहाल रहँदा आफूविरुद्धको छानबिन प्रक्रियालाई प्रभावित पार्न सक्ने र यो ’स्वार्थको बाझिने’ विषय हुने उल्लेख गरिएको छ। प्रवक्ता शाहले मन्त्रीको ओहोदामा रहेर आफ्नै विरुद्धको अनुसन्धान हुन नसक्ने भएकाले यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको प्रचलित कानुन विपरीत भएको बताए ।
मन्त्री पदमै रहँदा प्रमाणहरू नष्ट हुन सक्ने र न्यायमा अवरोध पुग्न सक्ने देखिएकाले उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।
जेनजी मुभमेन्टले मन्त्री गुरुङमाथि राजनीतिक आधारमा पनि आरोप लगाएको छ । पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा जेनजी आन्दोलनलाई नै ‘हाइज्याक’ गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र व्यक्तिगत धन आर्जन तथा पद प्राप्तिका लागि बिचौलियाहरूसँग साँठगाँठ गरेको मुभमेन्टको दाबी छ। यस्तो कार्यले ७६ जना सहिदहरूको बलिदान र आन्दोलनकारीहरूको अपमान भएको निवेदनमा उल्लेख छ।
मुभमेन्टले गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबाबमुक्त र समयबद्ध अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने मुख्य चार बुँदे माग राखेको छ।
प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। प्रहरीले भने यसबारेमा केही बताएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण