गृहमन्त्रीको विषयलाई लिएर ‘क्याबिनेट’ मा उठ्यो प्रश्न
सारांश
- मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर प्रश्न उठेको छ।
- प्रधानमन्त्रीले गृहमन्त्रीको विषयमा आफूले नै स्वविवेकले निर्णय गर्ने बताएका छन्।
- गृहमन्त्रीले मन्त्रालयमा ब्रिफिङ गरेपछि मात्र यस सम्बन्धमा आवश्यक निर्णय लिइने भएको छ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर प्रश्न उठेको छ।
बैठकमा गृहमन्त्रीका सम्बन्धमा के हुने भन्ने विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले सो विषयमा गृहमन्त्री आफूले नै स्वविवेकले निर्णय गर्ने बताए।
मन्त्रिपरिषद्ले यस सम्बन्धमा कुनै पनि औपचारिक निर्णय गर्नुभन्दा अगाडि गृहमन्त्री स्वंयमले मन्त्रालयमा आएर ब्रिफिङ गर्ने र त्यसपछि मात्र आवश्यक निर्णय लिइने बताइएको छ । अब यस विषयमा गृहमन्त्रीले मन्त्रालयमा छलफल गरी उपयुक्त निर्णय लिने एक मन्त्रीले बताए ।
विवादास्पद छवि बनाए व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको नाम जोडेर सेयर लगानीसम्बन्धी विवादको विषय सार्वजनिक भएका थियो ।
गृहमन्त्री गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण समेत दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण