जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
बुधबार, ०९ वैशाख २०८३, १० : ०५
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द भएको छ।
- इरानले पाकिस्तानमा प्रतिनिधि टोली नपठाएपछि उक्त भ्रमण रोकिएको हो।
वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द गरिएको छ । भेन्स यसै महिनामा दोस्रो पटक पाकिस्तान जाने तयारीमा थिए ।
उनी बुधबार त्यहाँ पुगेर इरानी अधिकारीहरूसँग शान्ति वार्तालाई अन्तिम रूप दिने प्रयास गर्ने योजनामा रहेको खबर आएको थियो । तर ह्वाइट हाउसले भान्सको आसन्न भ्रमण रद्द भएको पुष्टि गरेको छ ।
अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार, अब प्रत्यक्ष भेटघाटसम्बन्धी कुनै पनि नयाँ जानकारी भए ह्वाइट हाउसले पछि सार्वजनिक गर्नेछ । इरानले पाकिस्तानमा कुनै टोली नपठाएपछि अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण पनि रोकिएको हो ।
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानीच जारी युद्धविराम अनिश्चितकालसम्म लम्ब्याउन सहमति जनाएको घोषणा गरेकै समयमा यो खबर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण