आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

महिलाको चरित्र हत्या गरेको आरोपमा महेश गिरी पक्राउ

बुधबार, ०९ वैशाख २०८३, १० : ३७
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • प्रहरीले महिलाको चरित्र हत्या गरेको आरोपमा भक्तपुरका महेश गिरीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ।
  • फेसबुकमार्फत पीडितको फोटो प्रयोग गरी चरित्र हत्या र धाकधम्की दिएको आरोपमा उनी पक्राउ परेका हुन्।
  • आरोपीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

काठमाडौँ । महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले एक जना पीडित महिलाको चरित्र हत्या गरेको प्रहरी अधिकृतहरू बताउँछन् । बलात्कार पीडित शोभा पाठकले आफ्नो चरित्र हत्या गरेको कसुरमा महेश गिरीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएकी छन् । 

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्क दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ आफू विरुद्ध हैरानी दिने अन्य व्यक्तिहरू विरुद्ध पनि उजुरी गर्ने उनले बताएकी छन् । पक्राउ परेका आरोपीमाथि बुधबार म्याद लिएर विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने एसपी दिलीप गिरीले बताए । उनले भने, ‘आज म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप