दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
- सरकारी वकिलको कार्यालयले प्रसाईँलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवानाको माग गरेको छ।
- सामाजिक सञ्जालमार्फत भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको भन्दै उनलाई थप सजायको समेत माग गरिएको छ।
काठमाडौँ । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
साथै, उनले पटक-पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ ।
प्रसाईँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ । विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको, "निर्वाचन गरिए देश टुक्रिन्छ" भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रसाईँले फेसबुकमा भिडियोहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने खालका अभिव्यक्ति दिएका थिए । ती भिडियोहरूमा उनले "मर्न र मार्न तयार हुने" जस्ता हिंसात्मक र उत्तेजक शब्दहरू प्रयोग गरेको प्रमाणका रूपमा पेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण