प्रचण्डको चेतावनी : पार्टीमा बसेर रडाको गर्नेहरु बाटो लागे हुन्छ
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र निराशा फैलाउने र रडाको गर्नेहरूलाई आफ्नो बाटो लाग्न चेतावनी दिएका छन्।
- प्रचण्डले कम्युनिस्ट पार्टीप्रति छिट्टै जनताको ठूलो उभार आउने दाबी गरेका छन्।
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडी नआए हुन्थ्यो जस्तो लाग्ने गरेको बताएका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले कसैले पनि निराशा व्यक्त गर्नु नहुने र निराशा व्यक्त गर्ने मान्छे आफ्नो अगाडी नआए हुन्थ्यो भन्ने लागेको बताएका हुन् ।
साथै उनले छिटै कम्युनिस्ट पार्टीप्रति जनताको उभार छिटै आउने दाबी समे गरे । ‘सोचेभन्दा छिटै कम्युनिस्ट पार्टीमा उभार आउँदैछ’, प्रचण्डले भने, ‘लक्षण त देखिएकै छ सरकारका काम कारबाहीको ।’
उनले जसरी एउटा परिवारमा सबै पुस्ताका मानिस अपरिहार्य हुन्छ त्यस्तै समाज र पार्टीमा पनि हुने बताए । त्यसका लागि उनले पहिला आफ्नै पार्टी पुनर्गठित गर्ने भन्दै पार्टीमा बसेर रडाको गर्नेहरू नेता कार्यकर्तालाई बाटो लाग्न सुझाव दिए ।
‘ मैले त साथीहरूलाई भनेको छु । सच्चिन चाहने जति हामीसँग बस्ने हो । नसच्चिने गए हुन्छ भनेको छु’, प्रचण्डले भने, ‘हामीले एकता गरेका छौ धेरै बनाएका छौ हामी कसैलाई फुत्किन त दिँदैनौ । तर यहाँ बसेर रडाको गर्ने चाही नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण