शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

'डन ३' विवादः फरहान अख्तरलाई १० करोड फिर्ता गर्दैछन् रणवीर सिंह

बुधबार, ०९ वैशाख २०८३, १५ : ३५
बुधबार, ०९ वैशाख २०८३

नयाँ दिल्ली । हालै बलिउड अभिनेता रणवीर सिंहले फिल्म ‘डन ३’बाट हात झिके । त्यसबेलादेखि, फरहान अख्तरको निर्देशनमा बन्न लागेको यो फिल्म चर्चामा छ ।

हालै, ऋतिक रोशनले फिल्ममा मुख्य भूमिका खेल्ने रिपोर्टहरू बाहिर आएका थिए । तर, केही दिनपछि अभिनेता आफैंले यी रिपोर्टलाई अस्वीकार गरे । आफू फिल्मको हिस्सा नरहेको ऋतिकको भनाइ थियो । अब भने फिल्मबारे अर्को प्रमुख अपडेट आएको छ । 

‘डन ३’लाई लिएर रणवीर सिंह र फरहान अख्तरबिच चलिरहेको विवादले अब नयाँ मोड लिएको छ । फ्री प्रेस जर्नलमा रिपोर्टअनुसार रणवीर सिंहले परिस्थितिलाई शान्त पार्न एउटा ठुलो कदम चालेका छन् । फिल्ममा साइन गरेबापत प्राप्त गरेको लगभग १० करोड रुपैयाँ फिर्ता गर्न उनी सहमत भएका छन् ।

यति मात्र होइन, रणवीरले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टलाई आफ्नो अर्काे फिल्ममा हिस्सेदारी दिने बाचा गरेको खबर पनि छ । फिल्मको नाम हाल ‘प्रलय’ राखिएको छ । यद्यपि कम्पनीले कति हिस्सा पाउनेछ भन्ने कुरा अझै बाहिरिएको छैन । यस विषयमा रणवीर सिंह, फरहान अख्तर वा उनीहरूको कम्पनीले पनि कुनै आधिकारिक बयान जारी गरेको छैन । 

फरहानले सन् २०२३ मा 'डन ३' घोषणा गरेका थिए, यसमा रणवीर सिंह र कियारा आडवाणी मुख्य भूमिकामा रहेको भनिएको थियो । तर यतिबेला यी दुवै कलाकार आधिकारिक रूपमा फिल्ममा सामेल छैनन् । फरहान लामो समयदेखि फिल्मको कास्टिङमा काम गरिरहेका छन्, तर उनले उपर्युक्त कलाकार भने पाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप