शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सुधन गुरुङको समर्थनमा प्रियंका कार्की : पदभन्दा नैतिकता रोज्नु ठुलो कुरा हो

बुधबार, ०९ वैशाख २०८३, १६ : ४८
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • अभिनेत्री प्रियंका कार्कीले राजीनामा दिएका सुधन गुरुङले पदभन्दा नैतिकता रोजेको भन्दै उनको समर्थन गरेकी छिन्।
  • प्रियंकाले गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने माग राखेकी छिन्।

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङको पक्षमा उभिएकी छन् । गुरुङले पदभन्दा नैतिकतालाई रोजेको भन्दै समर्थन गरेकी हुन्। 

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रियंकाले कठिन समयमा पनि विचलित नभई नैतिकताको बाटो रोज्नु प्रशंसनीय भएको बताएकी छिन्।

मिडिया ट्रायलले दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘सधैँ राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले यो बारम्बार देखाएको छ।’ 

उनले लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन गरी सत्य उजागर हुनुपर्ने माग समेत गरेकी छिन्। सुदनको क्षमता को प्रशंसा गर्दै प्रियंकाले यो अवस्था अन्त्य नभएर एउटा नयाँ सुरुवात भएको बताएकी छिन्।

‘म विश्वस्त छु, तपाईं यो लडाइँ जितेर अझ शक्तिशाली भएर फर्किनुहुनेछ। नेपालले अझै तपाईंभित्रको शक्ति र भिजन देख्न बाँकी छ, किनकि नेपाललाई तपाईंको खाँचो छ,’ उनले उल्लेख गरेकी छिन्। सेयर विवादमा मुछिएपछि गुरुङले बुधबार नै पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप