जलवायुसम्बन्धी नौ बुँदे गोक्यो घोषणापत्र जारी
काठमाडौँ । जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्नेलगायत नौ बुँदे गोक्यो घोषणापत्र जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका र जलवायुका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै’ले आयोजना गरेको गोक्यो जलवायु सम्मेलनपछि घोषणापत्र जारी गरिएको हो । विश्व पृथ्वी दिवसको अवसरमा आज गोक्योमा आयोजित सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा जलवायु कूटनीति सुढृढीकरण गर्न र अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने उल्लेख छ ।
विषयगत विज्ञसहित काठमाडाैँदेखि लुक्ला–नाम्चे–खुम्जुङ– मचेर्माे हुँदै टोली गोक्यो पुगी सो घोषणापत्र जारी गरेको सो संस्थाले जनाएको छ । प्रतिनिधिसभाका पूर्वउपसभामुख तथा सांसद इन्दिरा राना मगरले घोषणापत्र वाचन गर्दै नागरिक तहबाट जलवायु न्यायका लागि सरकारलाई झक्झक्याउने काम गरेकामा आयोेजकप्रती खुसी प्रकट गरिन् ।
“जलवायु परिवर्तनले ल्याएको समस्या थेग्न सरकार एक्लैले सक्दैन, यसरी प्रभावित क्षेत्रमै पुगेर नागरिकसगँ हातेमालो गर्नुपर्छ”, उनले भनिन्, “सरकार र संसद्ले पनि यो घोषणापत्रमा उल्लेखित सुझावहरू सुन्नुपर्छ ।”
अन्तर्किया सहभागी हुँदै गोक्यो क्षेत्रमा पुगेका हिमनदी विज्ञ अरूणभक्त श्रेष्ठले हिमताल फुट्ने जोखिमको खतरा सम्बोधन गर्न यो सम्मेलनले ध्यानाकर्षण गराउने बताए ।
युवा नेत्री टासी लाजुम, नवीकरणीय ऊर्जा अनुसन्धानकर्ता कुशल गुरुङ, अधिकारकर्मी समा श्रेष्ठ, अधिवक्ता सरोज घिमिरे, सञ्चारकर्मीहरु बालकृष्ण बस्नेत, विजय पौडेललगायतले घोषणापत्र बाचन गर्दै ऐक्यबद्धता जनाउनुएको ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण