मधेस प्रदेशका डीआईजीको कार्यालयमा जवानले गरे हात काट्ने प्रयास
सारांश
- मधेस प्रदेशका डीआईजीको कार्यालयमा छानबिनका लागि बोलाइएका प्रहरी जवान रोशन यादवले आफ्नै हात काट्ने प्रयास गरेका छन्।
- यादवले छानबिनका क्रममा आफूलाई यातना दिइएको आरोप लगाएका छन्।
- वरिष्ठ सई सागर शमसेर जबरा र व्यापारीबीचको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढेको छ।
काठमाडौँ । मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाको कार्यकक्षमा एक जना प्रहरी जवानले हात काट्ने प्रयास गरेका छन्। जानकी प्रहरी चौकीमा कार्यरत जवान रोशन यादवलाई छानबिनका लागी प्रदेश कार्यालयमा झिकाइएको थियो ।
बुधबार छानबिनको नाममा ‘यातना’ दिएपछि आफूले हात काट्ने प्रयास गरेको यादवले बताएका छन्। जनकपुरमा बसेर पत्रकारिता गर्ने एक जना सञ्चारकर्मीसँग जवान यादवले गरेको कुराकानीको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।
धनुषाको जानकी चौकीका इन्चार्ज वरिष्ठ सई सागर शमसेर जबरालाई निलम्बनको प्रक्रिया सुरु गरेपछि छानबिनको लागी जवानलाई पनि ४ दिनअघि प्रदेश कार्यालयमा झिकाइएको थियो ।
सागर शमसेर जबरा र एक जना व्यापारीको बिचमा भएको अडियो कुराकानी सामाजिक सञ्जालमा छताछुल्ल छ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) सागर शमसेर ज.ब.रा. सँग कुरा गर्दा ती व्यापारीले डीआईजीको नाममा आफूसँग मासिक ३ लाख र अर्का एक जनाबाट डेढ लाख डीआईजीका घुमुवाले असुल्ने गरेको आरोप लगाएका छन् ।
अडियो संवादमा ती व्यापारी भन्छन्, ‘म सँग जयलाल यादवले ३ लाख लिएर जान्छन्, उमेशकोबाट १ लाख ५० हजार ।’ अडियो प्रकरणबारे छानबिन भइरहेको छ । हात काट्ने प्रयास गरेका जवानले डीआईजी थपलिया र छानबिनमा सहभागी अधिकृतहरूले ‘जबरालाई बोलाउ’ भन्दै टर्चर दिएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण