चन्द्रगढी महिला गोल्डकपः पुलिस सेमिफाइनलमा
झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको सुरुआतमै १० खेलाडीमा सीमित बनेको पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको १४औँ मिनेटमा पुलिस १० खेलाडीमा सीमित भएको थियो । गोलकिपर उषा नाथ डि–बक्स बाहिर हातले बल समातेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन् । त्यसपछि बैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरेकी थिइन् । सोही अवसरमा प्राप्त फ्रि–किकलाई सदुपयोग गर्दै हेमन्ती कुमारीले गोल गरेपछि लक्ष्मीबाईले अग्रता लिएको थियो।
१–० गोलअन्तरले पछि परेको पुलिसले त्यसपछि खेलमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गर्याे । खेलको ३८औँ मिनेटमा मीना देउवाको क्रसमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै खेल बराबरी बनाइन् ।
दोस्रो हाफमा पुलिसले आक्रामक खेल प्रदर्शन गर्दै थप चार गोल गरेको थियो । छयालीसौँ मिनेटमा पूजा रानाको कर्नर प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि कप्तान अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । पुलिसका लागि ५३औँ मिनेटमा सम्झना लावती, ६७ औँ मिनेटमा मीना देउवा र इन्ज्युरी समयमा पूजा रानाले गोल गरिन् ।
खेलको ‘प्लेयर अफ द म्याच’ पूजा राना घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत बिहीबार अन्तिम क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण