नेपथ्यको क्यानडा यात्रा समापन, अब न्युजिल्यान्डको तयारी
सारांश
- नेपथ्य ब्यान्डले आफ्नो दुई साता लामो क्यानडा साङ्गीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ।
- अन्तिम कन्सर्ट ओन्तारियोस्थित लन्डन म्युजिक हलमा भव्य रूपमा सम्पन्न भएको छ।
- क्यानडा यात्रापछि अब नेपथ्य टोली आगामी महिना न्युजिल्यान्ड भ्रमणको तयारीमा जुटेको छ।
काठमाडौँ । अग्रणी नेपाली लोकरक ब्यान्ड नेपथ्यले आफ्नो दुई साता लामो शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ । ओन्तारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’ मा शनिबार आयोजित अन्तिम कन्सर्टसँगै यस वर्षको क्यानडा भ्रमण टुङ्गिएको हो ।
क्यानडाको सदबरी सहरबाट सुरु भई मुख्य व्यापारिक केन्द्र टोरन्टो हुँदै लन्डन पुगेको यो यात्रामा दर्शकको उत्साहजनक सहभागिता रह्यो । शनिबारको अन्तिम प्रस्तुतिमा ओटावादेखि सात घण्टाको मोटर यात्रा गरेर आएका परिवारदेखि स्थानीय विदेशी नागरिक र भुटानी–नेपाली समुदायका ७७ वर्षीया धनमाया तामाङ र ७५ वर्षीय चित्र प्रधान जस्ता ज्येष्ठ नागरिकहरूको समेत उपस्थिति थियो ।
कन्सर्टका क्रममा मुख्य गायक अमृत गुरुङले ‘सा कर्णाली’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै विदेशमा रहेका नेपालीहरूलाई एकजुट हुन र आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गरे । मञ्चमा अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।
स्थानीय आयोजकले सानो सहर भए पनि नेपथ्यको उपस्थितिले दर्शकमाझ बेग्लै ऊर्जा र खुसी सञ्चार गरेको बताएका छन् । कन्सर्ट सम्पन्न भएसँगै कलाकार, प्राविधिक र व्यवस्थापनसहितको १४ सदस्यीय टोली स्वदेश फर्किएको छ । क्यानडाको सफल साङ्गीतिक यात्रापछि नेपथ्यले आगामी महिना न्युजिल्यान्डको भ्रमण गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
-
जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण