सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
ला लिगा

ला लिगाः एल्चेसँग एट्लेटिको मड्रिड ३–२ ले पराजित

बिहीबार, १० वैशाख २०८३, ०० : ५२
बिहीबार, १० वैशाख २०८३

सारांश

  • स्पेनिस ला लिगामा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।
  • एट्लेटिको मड्रिडका थियागो अल्माडाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
  • खेलको ७५ औँ मिनेटमा आन्द्रे सिल्भाले निर्णायक गोल गर्दै एल्चेलाई जित दिलाएका छन्।

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा सुरुवाती अग्रता भने एट्लेटिको मड्रिडले लिएको थियो । खेलको १० औँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, १८ औँ मिनेटमा एल्चेका डेभिड अफेबनग्रुबरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेलको ३० औँ मिनेटमा एट्लेटिको मड्रिडका थियागो अल्माडाले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउँदै ३३ औँ मिनेटमा आन्द्रे सिल्भाले पेनाल्टी मार्फत गोल गरी एल्चेलाई २–१ को अग्रता दिलाए । लगत्तै ३४ औँ मिनेटमा एट्लेटिकोका निकोलस गोन्जालेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पुनः २–२ को बराबरीमा पुर्‍याए ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा एल्चेले निर्णायक गोल गर्न सफल भयो । खेलको ७५ औँ मिनेटमा आन्द्रे सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै एल्चेलाई ३–२ को जित सुनिश्चित गरे । १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडले त्यसपछि गोल फर्काउन नसक्दा हार व्यहोर्नु पर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप