लामिन यामलको निर्णायक गोलमा बार्सिलोनाको जित, सेल्टा भिगोलाई १–० ले पराजित
बिहीबार, १० वैशाख २०८३, ०३ : ४८
सारांश
- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको छ।
- खेलको ४० औँ मिनेटमा लामिन यामलले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक सावित भयो।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको छ।
बार्सिलोनाको जितमा युवा स्टार लामिन यामल नायक बने । उनले खेलको ४० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा यामलले गरेको उक्त गोल नै खेलको निर्णायक सावित भयो ।
खेलको निर्धारित समयसम्म सेल्टा भिगोले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन र बार्सिलोनाले १–० को जित निकाल्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण