आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ

बिहीबार, १० वैशाख २०८३, ०९ : ५७
बिहीबार, १० वैशाख २०८३

सारांश

  • कास्की प्रहरीले शान्ति सुरक्षा कायम गर्न सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा एकै रातमा १२२ जना पक्राउ परेका छन्।
  • पक्राउ परेकाहरूमध्ये अधिकांश लागुऔषध सेवनकर्तासहित सार्वजनिक स्थानमा होहल्ला गर्ने र ध्वनि प्रदूषण गर्ने व्यक्तिहरू रहेका छन्।
  • प्रहरीले पक्राउ परेकाहरूलाई सम्झाइबुझाई गरी अभिभावकको जिम्मा लगाउने निर्णय गरेको छ।

पोखरा । कास्की प्रहरीले स्वीप अपरेसन चलाएको छ । बुधबार राती भएको अपरेसनका क्रममा एकै रात १ सय २२ भन्दा बढी पक्राउ परेका छन् । शान्ति सुरक्षा कायम गर्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले आफ्ना मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी अपरेसन चलाएको सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार पोखराका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा सबैभन्दा बढी बैदाम क्षेत्रबाट ३९ जना छन् । यस्तै, रामबजारबाट २२ जना, बगरबाट १२ जना, सिसुवा क्षेत्रबाट ३८ जना र पृथ्वीचोक आसपासका क्षेत्रबाट ११ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये अधिकांश लागुऔषध (गाँजा) सेवनमा संलग्न रहेको भेटिएको छ । ८२ जना गाँजा सेवन गरिरहेको अवस्थामा भेटिएका थिए । यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई बाधा पुर्याउने, शान्ति खलल पार्ने र जथाभाबी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई सम्झाइबुझाई गरेर परिवारको जिम्मा लगाइने पाण्डेले बताए । ‘उनीहरूको अवस्था र गतिविधि हेरेर एक पटकका लागि सम्झाई–बुझाई गर्ने भनेका छौँ,’ उनले भने, ‘आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता सहित अभिभावकको जिम्मा लगाउँदै छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप