आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

बिहीबार, १० वैशाख २०८३, १३ : १९
बिहीबार, १० वैशाख २०८३

सारांश

  • काठमाडौँको कलङ्कीबाट स्रोत नखुलेको ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बाराका सचिन्द्र पण्डित र रौतहटका राजीव ठाकुर रहेका छन्।
  • कालिमाटी प्रहरी वृत्तले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँमा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप