चिनियाँ कम्पनीले अर्को वर्षदेखि उड्ने कारको व्यावसायिक उत्पादन सुरु गर्दै
सारांश
- चिनियाँ कम्पनी एक्सपेङले अर्को वर्षदेखि उड्ने कारको व्यावसायिक उत्पादन सुरु गर्ने घोषणा गरेको छ।
- कम्पनीले सन् २०२६ को अन्त्यदेखि ह्युमनोइड रोबोट र आगामी १८ महिनाभित्र हजारौँ रोबोटाक्सी उत्पादन गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । चिनियाँ इलेक्ट्रिक भेहिकल (ईभी) उत्पादक कम्पनी एक्सपेङले यातायात र प्रविधिको क्षेत्रमा क्रान्तिकारी फड्को मार्ने तयारी गरेको छ। कम्पनीका अध्यक्ष ब्रायन गुले बिहीबार रोयटर्ससँग कुरा गर्दै अर्को वर्षदेखि ‘फ्लाइङ कार’ (उड्ने कार) को ठूलो परिमाणमा उत्पादन सुरु गर्ने र सन् २०२६ को अन्तिम चौमासिकदेखि मानव स्वरूपका ‘ह्युमनोइड रोबोट’ बजारमा ल्याउने खुलासा गरेका हुन्।
एक्सपेङले आफ्नो उड्ने कारका लागि ७ हजारभन्दा बढी अर्डर पाइसकेको छ, जसमा अधिकांश माग चीनभित्रैबाट आएको छ। हाल कम्पनीले चीनको उड्डयन अधिकारीहरूबाट आवश्यक अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
बेइजिङ अटो शोको पूर्वसन्ध्यामा बोल्दै गुले यसै वर्ष चीनको ग्वान्झाउ सहरमा ‘रोबोटाक्सी’ ९चालकविहीन ट्याक्सी० को परीक्षण सुरु गरिने र सन् २०२७ सम्ममा विश्वभरका साझेदारहरूसँग मिलेर अन्तर्राष्ट्रिय परीक्षण गरिने बताए। कम्पनीले आगामी १८ महिनाभित्र हजारौँको संख्यामा रोबोटाक्सी उत्पादन गर्ने लक्ष्य राखेको छ।
प्रविधिमा विविधीकरण खोजिरहेको एक्सपेङले आफ्ना ह्युमनोइड रोबोटहरूलाई सुरुमा रिसेप्सनिस्ट वा सेल्स क्षेत्रमा ग्राहकसँग अन्तर्क्रिया गर्न प्रयोग गर्ने योजना बनाएको छ। गुका अनुसार आगामी १० देखि २० वर्षभित्र एक्सपेङको रोबोट व्यवसाय अटोमोबाइल डिभिजनभन्दा ठूलो हुनेछ। भविष्यमा मानव जीवनका विभिन्न क्षेत्रमा रोबोटको प्रयोग अनिवार्य बन्ने भएकाले कम्पनीले यसमा ठूलो लगानी गरिरहेको उनले प्रष्ट पारे।
जर्मन अटो निर्माता फक्सवागनसँगको सहकार्यलाई लिएर पनि गु निकै उत्साहित देखिएका छन् । गत महिना मात्रै एक्सपेङ र फक्सवागनले संयुक्त रूपमा विकास गरेको पहिलो ईभी मोडलको व्यावसायिक उत्पादन सुरु भएको थियो।
गुले अन्य विश्वव्यापी अटो निर्माताहरूसँग पनि साझेदारीका लागि ढोका खुला रहेको बताएका छन् । हाल ६० भन्दा बढी देशमा आफ्नो उपस्थिति जनाइसकेको एक्सपेङले आफ्नो कुल आम्दानीको १५ प्रतिशत वैदेशिक बिक्रीबाट प्राप्त गरिरहेको छ।
आगामी ५ देखि १० वर्षभित्र ५० प्रतिशतभन्दा बढी आम्दानी चीनबाहिरको बजारबाट गर्ने कम्पनीको रणनीतिक लक्ष्य छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण