आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडाैँ उपत्यकामा वायु गुणस्तर खस्किँदै, तस्बिरहरू

बिहीबार, १० वैशाख २०८३, १५ : १७
बिहीबार, १० वैशाख २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।

वायु गुणस्तर खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको हो। एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलवार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ।

एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । 

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिइन्। विशेष गरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ। 

मौसमविद् उज्ज्वल उपाध्यायले काठमाडौँको वायु प्रदूषणले घातकको तह पार गरेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, 'अहिलेको काठमाडौँको वायु प्रदूषणले दैनिक १२ वटा चुरोट खाए बराबर हानि गर्छ।'

01-Pollution_Swoyambhu_NPL_PCT (1)02-Pollution_Swoyambhu_NPL_PCT (7)03-Pollution_Swoyambhu_NPL_PCT (8)04-Pollution_Swoyambhu_NPL_PCT (9)05-100044428306-100044428407-100044428508-100044428609-100044428710-100044428811-100044428912-100044429013-100044429114-1000444292

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप