सेयर बजारमा १७ अङ्कको गिरावट, २८०० बाट तल झर्यो बजार
सारांश
- नेपाल स्टक एक्सचेन्ज परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा पुगेको छ।
- आजको कारोबारमा कुल ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
- अधिकांश उप-सूचकहरूमा गिरावट आउँदा बजारमा २१६ कम्पनीको सेयर मूल्य घटेको छ।
काठमाडौँ । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए । जसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा अधिकांश उप–सूचकहरू राताम्मे देखिएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घट्दा जलविद्युत १.०५ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत र बैंकिङ ०.७७ प्रतिशतले ओरालो लागेको छ।
यद्यपि, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेका छन्। आजको बजारमा पाल्पा सिमेन्ट र शिखर पावर लिमिटेडको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.२४ प्रतिशतले बढेको छ । यता, सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाइड्रोपावरको २६ करोड ७ लाख र आँखुखोला जलविद्युतको २६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कुल ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण