अचानक स्थगित गरियो आह्वान भएको संसद् अधिवेशन
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् ।
- सरकारले अधिवेशन स्थगित गर्नका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेको जानकारी दिए ।
सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारले स्थगित गर्न पठाएको पत्रमा अधिवेशन कहिले आह्वान गर्ने भन्ने मिति उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि वैशाख १७ गतेका लागि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।
मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई पठाएको पत्रमा अधिवेशन विशेष कारणले स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण