तनहुँमा इ-पेन्सन सेवा सुरु
तनहुँ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ-पेन्सन सेवा तनहुँबाट कार्यान्वयनमा आएको छ । जिल्लामा सुरु गरिएको सेवाअन्तर्गत भानु नगरपालिकाबाट निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राही बनेका छन्।
निवृत्तीभरण अधिकारपत्र प्राप्त गर्दै पहिलो सेवाग्राही बन्न पाउँदा गोरवान्वित महसुस गरेको पौडेलले प्रतिक्रिया दिए । उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अधिकारपत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था भएको छ । यसले समय, श्रम र खर्च बचत हुनुका साथै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज बनाएको उहाँले बताए।
कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँ (कोलेनिका) का प्रमुख अशोकराज खनालले इ-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको बताए । उनले भने, “डिजिटल माध्यमबाट पेन्सनसम्बन्धी सेवा प्रवाह गर्दा सेवाग्राहीले छिटो, सहज र झन्झटमुक्त सेवा पाउनेछन् । यसले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण