महेश–धापुङ–ताराखोला सडक निर्माण
शुक्रबार, ११ वैशाख २०८३, ०८ : ३९
म्याग्दी । महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयको अगुवाइमा यो सडक निर्माण भएको हो ।
यो बाटो १६ वर्ष अगाडि खुलेको हो तर स्तरोन्नति एवं मर्मतसम्भार नहुँदा जीर्ण थियो । मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडासम्म तीन किलोमिटर ५०० मिटर ढलान र ग्राभेल भएको छ ।
यो सडक स्तरोन्नति गर्न रु पाँच करोड ८६ लाख खर्च भएको उक्त कार्यालयका प्रमुख महेन्द्र बानियाँले बताए ।
सात मिटर चौडा यो सडकमा वर्षायामको पानी निकासका लागि नाली र भूक्षयबाट सडक जोगाउन टेवा पर्खाल निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण