सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद् अधिवेशन स्थगनप्रति महामन्त्री पौडेलको प्रश्न: 'सरकारको आत्मविश्वास किन यति कमजोर ?'

शुक्रबार, ११ वैशाख २०८३, ०९ : २७
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनुमा सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
  • उनले बलियो बहुमत भएको सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको हो कि भनी आशङ्का व्यक्त गरेका छन्।
  • लोकतान्त्रिक मूल्य र मान्यताको पालना गर्दै संसद्को गरिमा उच्च राख्न उनले सरकारसँग माग गरेका छन्।

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिनुको साटो अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्दै आशङ्का पनि व्यक्त गरेका छन् ।

पौडेलले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर भएको भनी प्रश्न गरे । उनले लेखेका छन्, "सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ?"

लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्ने उल्लेख गर्दै महामन्त्री पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन भएको बताए । उनले संसद् जस्तो जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न सरकारसँग  माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप