बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

१०औँ पीएम कपमा सुदूरपश्चिमको खराब रेकर्ड : न्यु डायमन्डसँग १–२५ को लज्जास्पद हार

शुक्रबार, ११ वैशाख २०८३, १२ : ४६
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • १०औँ पीएम कप भलिबल लिगमा सुदूरपश्चिम प्रदेशको महिला टोली न्यु डायमन्ससँग १–२५ को फराकिलो अन्तरले पराजित भएको छ।
  • प्रशिक्षक लालबहादुर बटालाले खेलाडीको अनुभवको कमीका कारण टोलीले कमजोर प्रदर्शन गरेको बताएका छन्।

धनगढी । काठमाडौँमा जारी १०औँ पीएम कप एनभीए भलिबल लिगमा सुदूरपश्चिम प्रदेशको महिला टोलीले निकै निराशाजनक सुरुवात गरेको छ। आइतबार भएको खेलमा सुदूरपश्चिमले न्यु डायमन्स युथ स्पोर्टस क्लबसँग सोचेभन्दा निकै कमजोर प्रदर्शन गर्दै हार बेहोरेको हो।

न्यु डायमन्सले सुदूरपश्चिमलाई २५–९, २५–३ र २५–१ को विशाल अन्तरले पराजित गर्‍यो। खेलको तेस्रो सेटमा सुदूरपश्चिमले १ अङ्क मात्र जोडेका कारण लज्जास्पद रेकर्ड बनाएको हो।

यसैबिच, टोलीको कमजोर प्रदर्शनबारे सुदूरपश्चिमका प्रशिक्षक लालबहादुर बटालाले अनुभवको कमीलाई मुख्य कारण मानेका छन्। ‘हाम्रा खेलाडीहरूले पहिलो पटक सिनियर र अनुभवी खेलाडीहरूसँग खेल्दा केही दबाब महसुस गरे, जसका कारण प्रदर्शन खराब हुन पुग्यो। यो हाम्रो लागि सिक्ने अवसर पनि हो’, उनले भने।

उनले पहिलो खेलमा कमजोरी देखिए पनि बाँकी खेलहरूमा सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । लिग चरणमा सुदूरपश्चिमका अझै ४ खेल बाँकी रहेका छन्। 

पहिलो खेलको खराब नतिजालाई बिर्सिएर बाँकी खेलहरूमा बलियो पुनरागमन गर्न र आफ्नो साख जोगाउन सुदूरपश्चिमलाई अब ठुलो चुनौती छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप