परिवर्तित व्यवस्थालाई जनमुखी बनाउन उपेन्द्रको आग्रह
सारांश
- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण र जनमुखी शासन व्यवस्थाको आवश्यकतामा जोड दिएका छन्।
- उनले लोकतन्त्रका उपलब्धिहरूलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष यादवले २०६२/०६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गरे ।
यस दिनलाई नेपाली राजनीतिक इतिहासको गौरवशाली प्रारम्भ बिन्दुका रूपमा व्याख्या गर्दै उनले नागरिक स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता सहित प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे ।
उनले परिवर्तित व्यवस्थालाई जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले सुशासन र समृद्धिको दिशामा अघि बढ्नु आजको मुख्य राजनीतिक दायित्व भएको उल्लेख गरेका छन् ।
लोकतन्त्रका ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउन तथा कानुनको शासनलाई सुदृढ बनाउन सबै पक्षको सजगता र प्रतिबद्धता आवश्यक रहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण