आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मोरङ प्रहरीको ‘स्वीप अप्रेसन’ : ७२ जना पक्राउ

शुक्रबार, ११ वैशाख २०८३, १३ : ३२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • मोरङ प्रहरीले लागूऔषध, चोरी र गुण्डागर्दी नियन्त्रण गर्न विशेष 'स्वीप अप्रेसन' सञ्चालन गरेको छ।
  • उक्त सुरक्षा कारबाहीका क्रममा जिल्लाका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा संलग्न ७२ जनालाई पक्राउ गरिएको छ।
  • पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयहरूले सञ्चालन गरेको विशेष सुरक्षा कारबाही (स्वीप अप्रेसन) अन्तर्गत ७२ जनालाई पक्राउ गरिएको छ।

जिल्लामा बढ्दै गएको लागूऔषधको कारोबार, चोरी, गुण्डागर्दी र सामाजिक अशान्तिलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले यो अप्रेसन चलाएको हो।

प्रहरीका अनुसार बिहीबार बेलुका ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्ममा जिल्लाका विभिन्न वडा र क्षेत्रहरूमा सञ्चालन गरिएको थियो। रातभरिको उक्त खोजतलास अभियानमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, समाजमा अराजकता फैलाउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन यो कदम चालिएको हो। 

पक्राउ परेका ७२ जनामाथि हाल आवश्यक थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

675738648_1944715819520915_3445732274169160016_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप