अधिकांश कम्पनीको मूल्य घट्दा पनि बढेर बन्द भयो सेयर बजार
सारांश
- नेपाल स्टक एक्सचेन्ज परिसूचक साताको अन्तिम दिन १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेको छ।
- बजारमा झिनो वृद्धि देखिए पनि ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
- आज ८७ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको मूल्यमा गिरावट आएको छ।
काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको छ।
परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभर कुल ३५१ कम्पनीका १ करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाईड्रोपावरको सेयर मूल्य समान १५ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.६२ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज रिडी पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ९२ लाख, नेशनल हाइड्रोपावरको २४ करोड ४४ लाख र सोलु हाइड्रोपावरको २३ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण