अपडेट
साँखुमा प्रहरीको गोली लागेर एक जना घाइते, उपचार हुँदै
शुक्रबार, ११ वैशाख २०८३, १७ : १६
सारांश
- काठमाडौँको साँखुमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ।
- प्रहरीमाथि गोली प्रहार भएपछि गरिएको जवाफी कारबाहीमा हेटौंडाका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।
- घाइते जिम्माको साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र घटनास्थलबाट एक थान पेस्तोल बरामद गरिएको छ।
काठमाडौँ । राजधानीको साँखुमा शुक्रबार प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा सो घटना भएको हो।
ब्युरोका अनुसार लागुऔषध प्रयोगकर्ताले नै टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो। प्रहरीको जवाफी कारबाहीमा परी हेटौंडा घर भई हाल साँखु क्षेत्रमा बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।
घाइते जिम्मालाई उपचारका लागि साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको छ। उक्त घटना लागुऔषध नियन्त्रण ब्युरोको अपरेशनका क्रममा भएको ब्युरोकै एक अधिकारीले बताए। प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण