बागमतीका कर्मचारीलाई कडाइ : विद्युतीय हाजिर अनिवार्य, रिपोर्ट मुख्यमन्त्री कार्यालय पठाउनुपर्ने
सारांश
- बागमती प्रदेश सरकारले कर्मचारीहरूको कार्यसम्पादन प्रभावकारी बनाउन विद्युतीय हाजिर अनिवार्य गरेको छ।
- सबै कार्यालयहरूले प्रत्येक महिनाको हाजिरी विवरण तीन कार्य दिनभित्र मुख्यमन्त्री कार्यालयमा पठाउनुपर्नेछ।
मकवानपुर । बागमती प्रदेश सरकारले कर्मचारीहरूको कार्य सम्पादनलाई प्रभावकारी र गुनासारहित बनाउन विद्युतीय हाजिर अनिवार्य गरेको छ । आफ्ना मातहतका कर्मचारीहरूको अनुशासन र समयपालनालाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले विद्यालयीय हाजिर अनिवार्यसँगै रिपोर्ट पेस गर्न निर्देशन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले शुक्रबार एक परिपत्र जारी गर्दै प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई कर्मचारीको हाजिरी विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको हो । परिपत्रमा कर्मचारीहरू कार्यालयमा आएको, गएको, काज तथा बिदा लगायतका सबै विवरण विद्युतीय हाजिरी प्रणालीबाटै देखिने व्यवस्था मिलाउन भनिएको छ ।
साथै परिपत्र मार्फत प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख महिना समाप्त भएको तीन कार्य दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन समेत निर्देशन दिइएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार कर्मचारीहरू समयमा कार्यालयमा नपुग्ने, कार्यालय समय नसकिँदै घर जाने र खाजा खाने निश्चित समयभन्दा बढी घण्टौँसम्म बाहिर बस्ने गरेको गुनासो आएपछि उक्त निर्देशन दिएको जनाइएको छ ।
सरकारी सेवा प्रवाहमा ढिलासुस्ती हुनुको एउटा मुख्य कारण कर्मचारीको अनुपस्थिति र समयपालना नगर्नु रहेकाले सरकारले निगरानी बढाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत ऋषिराम भुषालले बताए । विद्युतीय हाजिरी प्रणाली र त्यसको मासिक रिपोर्ट मुख्यमन्त्री कार्यालयमा बुझाउनुपर्ने व्यवस्थाले कर्मचारीको कार्यशैलीमा सुधार आउने र सेवाग्राहीले समयमै सेवा पाउने अपेक्षा सरकारको रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण