ई–गभर्मेन्ट प्रोक्युरमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच : ठेकेदार श्रेष्ठ पक्राउ
शुक्रबार, ११ वैशाख २०८३, २१ : ०२
काठमाडौँ । सरकारी बोलपत्र आह्वान गर्ने ‘ई–गभर्मेन्ट प्रोक्युरमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा भीषण कन्ट्रक्सनका सञ्चालक टङ्क कुमार श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६४ वर्षीय श्रेष्ठलाई काठमाडौँको सामाखुसीबाट नियन्त्रणमा लिएको हो ।
श्रेष्ठमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली ’ह्याक’ गरी बोलपत्रको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्टहरूमा फेरबदल गरेको गम्भीर आरोप छ ।
श्रेष्ठसँगै कालिका कन्ट्रक्सनका विक्रम पाण्डे पनि पक्राउ परेका छन्। उनीहरूमाथि विद्युतीय कारोबार ऐन र सङ्गठित अपराध निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। यस प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण