शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सुकुमबासी बस्तीमा पुग्यो डोजर

शनिबार, १२ वैशाख २०८३, ०८ : १६
शनिबार, १२ वैशाख २०८३

सारांश

  • काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन डोजर पुगेको छ।
  • बागमती नदी किनारका अनधिकृत संरचना हटाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।
  • महानगर प्रहरीले थापाथलीपछि गैरीगाउँको बस्ती पनि हटाउने तयारी गरेको छ।

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर पुगेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर तैनाथ भएका हुन् । 

थापाथलीमा डोजर आइपुगेपछि प्रहरीले सुकुमबासी बस्ती भित्र छिरेर घर घर गएर माइकिङ गरिरहेको छ । सबै मान्छेलाई बाहिर निकाल्न प्रहरी खटिएको छ भने डोजर स्ट्यान्डबाई राखिएको छ ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् ।

काठमाडौँ महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप