अपडेट
थापाथलीस्थित सुकुमबासी बस्तीमा छैन कुनै विरोध प्रदर्शन, डोजर चल्दा देखिएन अवरोध
शनिबार, १२ वैशाख २०८३, ०८ : ४१
सारांश
- थापाथलीस्थित सुकुमबासी बस्ती हटाउने क्रममा शनिबार बिहानैदेखि डोजर चलाइएको छ।
- बस्ती खाली गर्ने क्रममा हालसम्म कुनै प्रकारको विरोध वा अवरोध देखिएको छैन।
- सुकुमबासीहरु आफ्नो सामान प्याक गरी सुरक्षित स्थानतर्फ बाहिरिएका छन्।
काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती भत्काउन डोजर प्रयोग हुँदा कुनै अवरोध देखिएको छैन । बाक्लो संख्या प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन नदेखिएको हो ।
शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए । सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।
सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण