सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
काठमाडौँ । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ ।
इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म—हरित भविष्यका लागि दौडौँ’ नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल तथा त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासनका प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गर्नुभएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस अवसरमा राजदूत लम्सालले सहभागीहरूलाई स्वागत गर्दै सन् १९५३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवस मानव दृढता र सहकार्यको प्रतीक भएको उल्लेख गरे । उनले हालै घोषणा गरिएको अन्तरराष्ट्रिय आरोग्य दिवसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा पारिस्थितिक सन्तुलनलाई समेट्ने समग्र स्वास्थ्यको महत्व उजागर गर्ने बताए ।
राजदूत लम्सालले योग, ध्यान र प्रकृतिसँगको सामञ्जस्यजस्ता नेपालको परम्परागत अभ्यासले वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको सम्बन्धलाई बलियो बनाउने बताए ।
प्रमुख युसुफले दूतावासले आयोजना गरेको कार्यक्रमको सराहना गर्दै यसले वातावरणीय सचेतना र दिगोपनाको सन्देश प्रवाह गरेको बताए । उनले हरित भविष्य निर्माणका लागि इजिप्टको प्रतिबद्धता पुनः दोहोर्याउँदै दिगोपनाको पहलमा नेपालको योगदानको प्रशंसा गरे ।
करिब ३० किलोमिटर लम्बाइमा फैलिएको वादी डेगला संरक्षित मरुभूमि उपत्यकाभित्र आयोजना गरिएको दौड प्राकृतिक परिवेशमा सम्पन्न भएको थियो । यो क्षेत्रको मरुभूमि पारिस्थितिकी तन्त्र र वन्यजन्तुको संरक्षण गरिएको छ ।
कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढी सहभागीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण