सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एफए कप

उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

आइतबार, १३ वैशाख २०८३, ०० : ४३
आइतबार, १३ वैशाख २०८३

सारांश

  • म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको छ।
  • खेलको ७९ औँ मिनेटमा पछि परेको सिटीले खेलको अन्तिम समयमा दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको हो।

काठमाडौँ । रोमाञ्चक सेमिफाइनलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटी लगातार चौथो पटक एफए कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ७९ औँ मिनेटमा फिन अजाजले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।

तर, सिटीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । ८२ औँ मिनेटमा जेरेमी डोकुले सिटीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि, खेलको ८७ औँ मिनेटमा निको गोन्जालेजले एक सानदार गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

यो हारसँगै साउथह्याम्पटनको एफए कप यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप