उत्कृष्ट प्रहरी नै घुससहित पक्राउ परेपछि...
सारांश
- कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री घुससहित पक्राउ परेका छन् ।
- लागू औषध मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट ५० हजार घुस लिँदा लिँदै थापालाई अख्तियारले पक्राउ गरेको हो ।
- थापामाथि फाइल लुकाइदिने र बार्गेनिङ गर्ने जस्ता आरोपसहित विभिन्न निकायमा उजुरी परेको छ ।
पोखरा । २०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई सम्मान गर्यो ।
कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनी सम्मानित भएका हुन् ।
उनले आफ्नो पदीय दायित्वलाई इमानदार, बफादार, कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिक सुझबुझका साथ काम गरेको र प्रहरीको छवि उच्च राखेको भन्दै सम्मान दिइएको हो । उनै प्रहरी हवलदार शनिबार साँझ घुससहित पक्राउ परे। लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार सेवाग्राहीले ५० हजार दिए । स्रोतका अनुसार थापाले ३ लाख डिल गरेका थिए ।
सोही रकमसहित रंगेहात उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छन् ।
हवलदार थापाले आफूलाई पटक पटक दुख दिने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन् । फाइल लुकाइदिने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथि छ । उनी विरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी छ ।
उनी पहुँचकै भरमा दरबन्दी प्रहरी चौकी अरुणखोलामा भए पनि कास्कीमा काज सरुवा भएका थिए । त्यसमा पनि मुद्दा फाँटमा रहेर उनले लामो समयदेखि काम गरिरहेका छन् । थापा विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण