सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिम्पियाधुराको पुरानो नक्सा पोस्ट गरेपछि सीमाविद् श्रेष्ठको फेसबुक गायब

सोमबार, १४ वैशाख २०८३, १३ : ४४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको पुरानो नक्सा प्रकाशन गरेपछि गायब भएको छ ।
  • श्रेष्ठले १८१६ को सन्धि अनुसार महाकालीको उद्गम लिम्पियाधुरा भएको नक्सा पोस्ट गरेपछि फेसबुक नचलेको र छिमेकी मुलुकबाट रिपोर्ट भएको जानकारी पाएको बताए ।
  • यसअघि श्रम संस्कृति पार्टीका हर्क साङ्पाङको फेसबुक गायब भएर फिर्ता आएको थियो भने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको एकाउन्ट भने अझै फिर्ता आएको छैन ।

काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट गायब भएको छ ।  लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको विषयमा पुरानो नक्सा प्रकाशन गरेपछि उनको फेसबुक एकाउन्ट गायब भएको हो । 

शनिबारदेखि आफ्नो फेसबुक नचलेको र योसँगै म्यासेञ्जरले समेत काम गर्न छाडेको श्रेष्ठले बताए ।  ‘मैले १८१६ को सन्धि अनुसार महाकालीको उद्गम बिन्दु लिम्पियाधुरा भएको भनेर नक्सा पोस्ट गरेको थिएँ, त्यसपछि फेसबुक देखिन छाड्यो, छिमेकी मुलुकबाट रिपोर्ट भएको भन्ने म्यासेज आएको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिले म्यासेञ्जरमा कुरा गर्ने साथीहरूसँग कुरा गर्न पनि पाएको छैन ।’

केही दिन अघि मात्रै श्रम संस्कृति पार्टीका हर्क साङ्पाङको फेसबुक समेत गायब भएको थियो, यो फिर्ता आएको छ । अहिले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक एकाउन्ट भने अहिलेसम्म फिर्ता आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप