सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ पुगे

सोमबार, १४ वैशाख २०८३, १३ : ५१
सोमबार, १४ वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् ।
  • तनहुँवासीले राष्ट्रपति पौडेललाई दमौलीमा भव्य स्वागत गरेका छन् ।
  • राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास गर्न तनहुँ गएका हुन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् । राष्ट्रपति सोमबार गृह जिल्ला पुग्दा पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका छन् । 

राष्ट्रपति पौडेललाई दमौलीमा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतका जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।

राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास गर्न तनहुँ गएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप