कागजको बिटोलाई 'पैसा' भन्दै ठगी गर्ने ६ जना पक्राउ
सारांश
- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कागजका टुक्रालाई पैसाको बण्डल भनी देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले उदयपुर, चितवन र रौतहट घर भई काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा बस्दै आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
- उनीहरूको साथबाट ठगीमा प्रयोग गरिएका ४० बण्डल कागजका टुक्राहरू, एक ईभी मिनी हायस गाडी र एक पल्सर मोटरसाइकल बरामद गरिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कागजका टुक्रालाई पैसाको बण्डल भनी देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उदयपुर, चितवन र रौतहट घर भई काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा बस्दै आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा उदयपुरको ताप्ली गाउँपालिका-३ घर भई हाल दक्षिणकाली बस्ने २६ वर्षीय योग बहादुर तामाङ, सोही ठाउँका ३८ वर्षीय मिलन कुमार तामाङ र ३६ वर्षीय भविन्द्र कुमार तामाङ रहेका छन्।
यस्तै, चितवन रत्ननगर-५ का ३४ वर्षीय प्रबिन महत्तो, रौतहट गुजरा-१ का २८ वर्षीय मुना धामी र चितवन कालिका-५ का ३८ वर्षीय सत्य नारायण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार यो गिरोहले योजनाबद्ध रूपमा कागजका बिटोहरू देखाएर मानिसहरूलाई आर्थिक ठगी गर्ने गरेको पाइएको छ। एसएसपी खड्काले भने, 'हामीले विशेष सुराकीको आधारमा सर्च अप्रेसन चलाउँदा ठगीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिन सफल भएका छौँ। उनीहरूले कागजलाई पैसाको बण्डल जस्तो बनाएर सर्वसाधारणलाई झुक्याउने गरेको देखिन्छ। यस सम्बन्धमा थप सूक्ष्म अनुसन्धान भइरहेको छ।'
प्रहरीले उनीहरूको साथबाट ठगीमा प्रयोग गरिएका महत्त्वपूर्ण दसीहरू समेत बरामद गरेको छ। जसमा दुई वटा झोलामा राखिएका ४० बण्डल कागजका टुक्राहरू, बा.प्र.०१ ०३२ च ७३१२ नम्बरको ईभी मिनी हायस गाडी र बा ४७ प ५४११ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण