मूल्य स्टिकरको व्यवस्था अव्यवहारिक भन्दै भन्सार विभागकाे ध्यानाकर्षण
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडाले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरूमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल गरेको छ।
सोमबार भएको छलफलमा नाडा प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको सो व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समय देखि नाडाले विभागलाई अनुरोध गर्दै आएको छ ।
नाडाले चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनहरूको लागि कुनै समस्या नभए पनि एउटै बक्स भित्र सयौँको संख्यामा आउने अटोमोवाइल स्पेयर पार्टसहरुको हकमा भने समस्या रहेको बताए । त्यसैगरी भन्सारमा वण्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक नभएको बताए ।
नाडा प्रतिनिधि मण्डलसँगको उक्त छलफलमा महानिर्देशक भण्डारीले सबै किसिमका अटोमोवाइल वस्तुहरूमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताए।
उनले विभागले व्यापारमा सहजीकरण र राजश्व वृद्धिमा ध्यान दिँदै आएको बताए । नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रही रहेका सवारी साधनहरू तोकिएको समयसीमा भित्र जाँचपास गरी लैजान सूचना जारी गरेको सम्बन्धमा ध्यानाकर्षण गराए ।
उनले उक्त सूचना कानुनमा भएको व्यवस्था अनुसार जारी गरिएको हुनाले नाडाका सम्बन्धित सवारी साधन पैठारीकर्ताहरूलाई तोकिएकै समयमा ती सवारी साधनहरूको भन्सार जाँचपास गरी सहजीकरण गरी दिन आग्रह गरे ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२/१२/३० गते जारी गरेको प्रेस विज्ञप्ति मार्फत विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरूको अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रूपमा विल विजक जारी गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा उक्त छलफल केन्द्रित रहेको थियो।
सो छलफल तथा भेटघाटमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण