श्वेतपत्रमा ऊर्जा क्षेत्र : उत्पादनमा ६ गुणाले छलाङ, ५ वर्षमा १५ हजार मेगावाट पुर्याउने लक्ष्य
सारांश
- अर्थ मन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्र अनुसार नेपालको विद्युत् उत्पादन क्षमता डेढ दशकमा करिब ६ गुणाले वृद्धि भई ४ हजार १०५ मेगावाट पुगेको छ ।
- कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ, तर सुख्खा याममा भारतबाट आयात गर्नुपर्ने बाध्यता र प्रसारण लाइनको अभाव मुख्य चुनौती छन् ।
- सरकारले आगामी ५ वर्षभित्र कुल जडित क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ र यसका लागि जलाशययुक्त आयोजना तथा सौर्य ऊर्जालाई प्राथमिकता दिइनेछ ।
काठमाडौँ । अर्थ मन्त्रालयले साेमबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्रले नेपालको ऊर्जा (विद्युत्) क्षेत्रमा उत्साहजनक प्रगति भएको देखाएको छ ।
सोमवार सार्वजनिक गरेको श्वेतपत्रले उत्पादित बिजुलीको आन्तरिक खपत नबढ्नु, प्रसारण लाइनको अभाव हुनु र सुख्खा याममा आयात गर्नुपर्ने बाध्यतालाई मुख्य चुनौतीका रूपमा औँल्याएको छ ।
श्वेतपत्रअनुसार विगत डेढ दशकको छोटो अवधिमै नेपालको विद्युत् उत्पादन क्षमता करिब ६ गुणाले वृद्धि भएको उल्लेख गरिएको छ । २०६८ असारसम्म कुल जडित क्षमता ६९७.८५ मेगावाट रहेकोमा २०८२ फागुनसम्म आइपुग्दा यो क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ ।
त्यस्तै कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत्काे पहुँच पुगिसकेको तथ्याङ्कले देखाएको छ । वर्षा याममा नेपाल विद्युत् खुद निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।
वर्षा याममा बिजुली निर्यात गर्ने अवस्था भए पनि रन अफ रिभर (नदी प्रवाही) आयोजना धेरै हुँदा हिउँद (सुख्खा याम) को माग धान्न अझै पनि भारतबाटै विद्युत् आयात गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । प्रसारण लाइनको पहुँच र क्षमता विस्तार हुन नसक्दा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् उपभोक्तासम्म पुर्याउन र प्रणालीमा जोड्न ठुलो चुनौती छ ।
३ हजार मेगावाटको सम्भावनामध्ये करिब ४१ सय मेगावाट उत्पादन हुँदा पनि आन्तरिक खपत बढ्न नसक्नु र उत्पादित ऊर्जाको व्यवस्थापन गर्न नसकिनु अर्को चुनौती भएको उल्लेख गरिएको छ ।
पूर्वाधारको कमीले गर्दा विद्युत् आपूर्ति अझै पनि अवरुद्ध भइरहने (ट्रिपिङ हुने) जोखिम कायमै रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
समाधान र आगामी योजना
ऊर्जा क्षेत्रका यी चुनौती समाधान गर्दै यसलाई आर्थिक रूपान्तरणको मुख्य संवाहक बनाउन सरकारले थप रणनीति अघि सार्ने भएको छ । माग र आपूर्तिको सन्तुलन मिलाउन र ऊर्जा सुरक्षा कायम राख्न अब नदी प्रवाही आयोजनाभन्दा जलाशययुक्त आयोजना र सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकता दिनु पर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी ५ वर्षभित्र विद्युत्काे कुल जडित क्षमता १५ हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य लिएको छ। यसका लागि राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका आयोजना निर्माणमा निजी लगानी समेत आकर्षित गरिने उल्लेख गरिएको छ । जलविद्युतलाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै देशमा औद्योगिकीकरण गर्ने र सेवा क्षेत्र विस्तार गर्ने योजना छ ।
क्षेत्रीय विद्युत् व्यापार विस्तार गर्दै हरित ऊर्जा बजार मा नेपालको स्थान सुदृढ गरी विदेशी मुद्रा आर्जनको बलियो स्रोत बनाउने अर्थ मन्त्रालयले श्वेतपत्रमा उल्लेख गरेको छ।
निर्माणाधीन जलविद्युत आयोजनाहरूको विद्युत् तत्काल उपयोगमा ल्याउन समयमै प्रसारण लाइन निर्माण र विस्तारलाई जोड दिइने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण