प्रभु बैंकद्वारा HRDC लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण
सारांश
- प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटल एण्ड रिह्याबिलिटेशन सेन्टर फर डिजेबल्ड चिल्ड्रेन (HRDC) लाई ७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
- उक्त सहयोगबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
- प्रभु बैंकले देशभर ३०० शाखा, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।
उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपत्र बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न HRDC लाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरिएको हो ।
प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरू, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत ३६ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण