बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

देउवा पक्षको भेलामा शेखर समूह नजाने

मङ्गलबार, १५ वैशाख २०८३, ११ : ३९
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।
  • निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए ।
  • देउवा समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भेला बोलाएका छन् ।

काठमाडौँ । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।

 निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए ।

देउवा समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । त्यो भेलाबारे खड्काले शेखर समूहका नेता डा. शेखर कोइरालालाई जानकारी गराएका थिए । 

डा. कोइरालाले 'भेला गर्नुस्, आफ्नो विचार के हो त्यसबारे धारणा बनाउनुस् तर, हामी आउँदैनौँ' भनेर खड्कालाई भनेको उनी निकट एक नेताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप