न्याय प्राविधिक फैसलामा मात्र सीमित हुनु हुँदैन, अन्तरवस्तुमा न्याय खोजिनुपर्छ: पूर्वप्रधानन्यायाधीश रेग्मी
सारांश
- पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायपालिकाको गरिमा जोगाउन न्यायाधीश र कानुन व्यवसायीहरूमा उच्च नैतिकता, इमानदारिता र कर्तव्यनिष्ठा हुनुपर्नेमा जोड दिएका छन् ।
- उनले न्यायालयले जनआस्था जोगाउन नसके न्याय प्रणाली कमजोर हुने र कानुन, न्याय र नैतिकता न्यायलयका महत्त्वपूर्ण खम्बा भएको बताए ।
- रेग्मीले न्याय दिँदा कानुनको अक्षरभन्दा परिणाम र विवेकलाई हेर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायपालिकाको गरिमा जोगाउन न्यायाधीश र कानुन व्यवसायीहरूमा उच्च नैतिकता, इमानदारिता र कर्तव्यनिष्ठा हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं विश्वविद्यालयको नेपाली कानूनी साहित्य समितिले आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश रेग्मीले न्यायालयले जनआस्था जोगाउन नसके न्याय प्रणाली नै कमजोर हुने बताएका छन् ।
२०२८ सालमा २५ वर्षको उमेरमै न्याय सेवामा प्रवेश गरेका रेग्मीले सुरुवाती दिनहरू संघर्षपूर्ण रहने बताए । 'कानुनी शिक्षा सैद्धान्तिक बढी र व्यवहारिक कम भएकाले नयाँ पुस्ताले सुरुवातमै मानसिक दबाब र झन्झट भोग्नुपर्छ,' उनले भने । फैसला पश्चात् हुने दबाब, लालटिन आन्दोलन, गुटबन्दी र जुलुसजस्ता चुनौतीहरू आफूले प्रत्यक्ष सामना गरेको उनले बताए ।
रेग्मीले कानुन, न्याय र नैतिकतालाई न्यायलयको सबैभन्दा महत्त्वपूर्ण तीनवटा खम्बाका रूपमा व्याख्या गरे । 'न्यायलयको प्रमुख कार्य भनेको जनआस्था र जनभावना मर्न नदिनु हो,' उनले भने, 'यदि न्यायाधीश र कानुन व्यवसायी इमानदार छन् भने जस्तोसुकै परिस्थितिमा पनि डराउनु पर्दैन ।'
उनले न्याय दिँदा 'न्यायिक मन' को प्रयोग गरी कानुनको अक्षरभन्दा पनि त्यसको परिणाम र विवेकलाई हेर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण