सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश अध्ययन गर्दै राष्ट्रपति
सारांश
- सरकारले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी दुई वटा अध्यादेश ल्याई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूको अध्ययन गरिरहेका छन्।
काठमाडौँ । सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
‘सरकारले पठाएका अध्यादेशमा राष्ट्रपति ज्यूले अध्ययन गरिरहनुभएको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान समेत गरेका थिए।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । तर पछि सरकारले विशेष कारण भन्दै रोकेको थियो।
संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले संसद्लाई छलेर अध्यादेशको बाटो रोजेको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण