धनगढीमा नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम सुरु: दुई महिनासम्म सीप सिकाइने
सारांश
- धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी दुई महिने विशेष तालिम सुरु गरेको छ ।
- यो तालिम धनगढी उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा टिकापुर बहुप्राविधिक शिक्षालयले कार्यान्वयन गरिरहेको छ ।
- तालिममा सहभागीहरूले विद्युतीय फोहोरको संकलन, ढुवानी, पहिचान, वर्गीकरण, सुरक्षित प्रशोधन, पुनः प्रयोग र पुनः चक्रणका विधिहरू सिक्नेछन् ।
धनगढी । नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको सुरुवात गरेको छ ।
ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप अन्तर्गत सुरु गरिएको यस दुई महिने कार्यक्रमको धनगढीले आइतबार एक समारोहका बिच ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले समुद्घाटन गरे ।
धनगढी उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित यस तालिमको कार्यान्वयन टिकापुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ । यस महत्त्वपूर्ण शैक्षिक तथा प्राविधिक कार्यक्रमलाई काठमाडौँ विश्वविद्यालयले प्राविधिक सहयोग र ब्रिटिस काउन्सिलले आर्थिक सहयोग पुर्याएका छन् । तालिममा नगरका फोहोर व्यवस्थापन कर्मचारी र स्थानीय विद्युतीय व्यवसायी गरी कुल २० जना सहभागी रहेका छन् ।
तालिमको पाठ्यक्रम र सिकाउने विधिका बारेमा जानकारी दिँदै सिटिटिइभिटी टिकापुरका पारस खड्काले यसलाई पूर्णतः व्यवहारिक बनाइएको बताए । दुई महिनाको अवधिमा प्रशिक्षार्थीहरूले विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणहरूलाई वातावरणीय र सुरक्षाका मापदण्ड अनुरूप कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्ने बारेमा विस्तृत ज्ञान पाउनेछन् । यस अन्तर्गत विद्युतीय फोहोरको संकलन, ढुवानी र तिनको सही पहिचान गर्ने तरिकादेखि लिएर फोहोरको वर्गीकरण र उपकरणहरूलाई सुरक्षित रूपमा खोलेर प्रारम्भिक जाँच गर्ने विधिहरू सिकाउनुका साथै यस क्षेत्रमा प्रयोग हुने आधुनिक मेसिन तथा औजारहरूको प्रयोगमा समेत सहभागीहरूलाई पोख्त बनाइनेछ।
त्यसैगरी, तालिमको मुख्य आकर्षणका रूपमा विद्युतीय फोहोरलाई पुनः प्रयोग र पुनः चक्रणका लागि तयार पार्ने प्रक्रियाहरू समेटिएका छन्। यसमा सामग्रीहरूको प्याकिङ र लेबलिङ गर्ने सीपका साथै ई–वेस्ट व्यवस्थापनका प्रशासनिक र व्यवस्थापकीय पक्षका आधारभूत कुराहरू समेत समेटिनेछन् ।
काठमाडौँ विश्वविद्यालयका दक्ष प्रशिक्षकहरूले सहजीकरण गरिरहेको यस कार्यक्रमको अन्तिम लक्ष्य ई–वेस्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ । यसबाट सहभागीहरूलाई रोजगारी र स्वरोजगारका अवसर सिर्जना हुने मात्र नभई परम्परागत सीपलाई आधुनिक श्रम बजारसँग जोड्दै वातावरणीय रूपमा सुरक्षित विसर्जन प्रणालीको विकास हुने अपेक्षा गरिएको धनगढीका मेयर गोपाल हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण