पूर्वमन्त्री साहले गरे अध्यादेशको बचाउ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री दीपककुमार साहले सरकारले सिफारिस गरेको अध्यादेशको बचाउ गरेका छन् ।
- संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै साहले अध्यादेशको बचाउ गरेका हुन् ।
- जनताले आफ्नो पार्टीलाई पाँच वर्षका लागि म्यान्डेट दिएकाले संविधानमा भएको अधिकार प्रयोग सरकारले गर्न सक्ने साहको तर्क छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री दीपककुमार साहले सरकारले सिफारिस गरेको अध्यादेशको बचाउ गरेका छन् । बुधबार संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै साहले अध्यादेशको बचाउ गरेका हुन् ।
अध्यादेश ल्याउन मिल्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै उनले जनअपेक्षा र सरकारले सार्वजनिक गरेको सय दिने म्यान्डेट पुरा गर्न अध्यादेश ल्याएको जिकिर गरे ।
‘संविधानमा अध्यादेशको व्यवस्था छ भने सरकारले सजिलोको लागि ल्याउन सक्छ । प्रशासनिक पाटोलाई सहज बनाउन अध्यादेश ल्याउन सक्छ । अहिलेको सरकार द्रुत गतिमा अगाडि बढिराखेको छ । हामीसँग सय दिनमा काम गर्ने सय कार्यसूची छ । सय दिनमा सरकारलाई डेलिभरी दिनुपर्नेछ । जनताका अपेक्षा छन् । हाम्रो म्यान्डेट छन् । त्यो पुरा गर्न विशेष पहल गर्नुपर्ने हुन्छ । सायद अध्यादेश त्यसैको प्रतीक हो’, उनले भने ।
जनताले आफ्नो पार्टीलाई पाँच वर्षका लागि म्यान्डेट दिइराखेका संविधानमा भएको अधिकार प्रयोग सरकारले गर्न सक्ने साहको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण